नयाँ फिफा बरियता: नेपालले १६ अंक गुमायो, भारत १० स्थान तल झर्यो, जर्मनी पहिलो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 14, 2017 | 12:10:11 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व फुटबलको सर्बोच्च निकाय फिफाले सन् २०१७ को  सेप्टेम्बर महिनाको फिफा बरियता सार्बजनिक गरेको छ । बिहिबार सार्बजनिक भएको यस महिनाको नयाँ बरियतामा नेपाल ६ स्थान तल झर्दै    १ सय ७५ औ स्थानमा पुगेको छ । नेपालले यस अवधिमा १६ अंक गुमाएको छ  । गत महिना नेपालको अंक ११७ रहेकोमा यस महिना नेपालको अंक १०१ मात्र भएको छ  । 

छिमेकि मुलुक भारत पनि १० स्थान तल झरेको छ  । 

  फिफाले आज सार्बजनिक गरेको नयाँ बरियता अनुसार दक्षिण एसियामा सबै भन्दा माथि भारत १०७  औ स्थानमा छ ।   त्यस्तै माल्दिभ्स १५४  औ, अफगानिस्तान १५८  औ , भुटान १७४ औ स्थानमा छ । नेपाल भन्दा पछि बंगलादेश १९६ औ, श्रीलंका १९८  औ र पाकिस्तान २०० औ स्थानमा छ । 

बिश्व बरियतामा भने ब्राजिललाई दोस्रो स्थानमा धकेल्दै जर्मनी शिर्ष स्थानमा उक्लिएको छ  ।  त्यस्तै तेस्रोमा  पोर्चुगल ,  चौथोमा अर्जेन्टिना   र पाचौमा बेल्जियम छन् । पोल्याण्ड , स्विजरल्याण्ड , फ्रान्स , चिली  र कोलम्बिया क्रमश छैठौ, सातौ, आठौ , नवौ र दशौ स्थानमा छन् ।

पुरा बरियता हेर्न यहाँ क्लिक गर्नु होला । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved