भारतबिरुद्द ब्याटिङमा नेपाल, जित्ने पर्ने दबाब

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 12, 2017 | 06:16:47 AM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियामा जारि एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल भारतसंग प्रतिस्पर्धा गरिरहेको छ। मलेसियाको बायुमस ओभलमा बलियो प्रतिद्वन्द्वी भारतको सामना गरिरहेको हो। 

नेपालले तीन पटकको बिजेता भारतबिरुद्द ब्याटिङ गरिरहेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल जित्ने पर्ने दबाबमा मैदानमा उत्रिएको हो।  

आइतबार भएको पहिलो खेलमा बंगलादेशसँग डकवर्थ लुइस (डिएल) पद्दतिको आधारमा २ विकेटले पराजित नेपाललाई दोस्रो चरणमा पुग्न आजको खेल जित्नैपर्ने हुन्छ। 

पहिलो खेलमा १० रन डिफेन्ड गर्न बाँकि रहंदा ४ बलमा बंगलादेशको ३ विकेट लिए पनि जित्न नसकेको नेपाल अन्तिम ओभरमा चुक्दा बंगलादेशसँग पराजित भएको थियो ।   

कठिन मानिएको समूह ‘ए’ मा रहेको नेपालले भारतपछि अन्तिम खेलमा मलेसियासँग खेल्ने छ । नेपाल र मलेसियाबिचको खेल मंगलबार हुने छ । समूहको विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् । समूह बी मा श्रीलंका, अफगानिस्तान, युएई र पाकिस्तान रहेका छन् ।

तस्बिरः एसीसी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved