बार्सिलोना कोपा डेल रे को सेमीफाइनलमा प्रवेश, यस्ता छन् सेमिफाइनललिस्ट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 26, 2018 | 09:39:39 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पान्योललाई पराजित गर्दै बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा पुगेको छ । पहिलो लेगमा १–० ले पराजित भएको बार्सिलोनाले दोस्रो लेगमा २–० को जित निकाल्यो।  समग्रमा २–१ ले हराउँदै बार्सिलोनाले अन्तिम चारको यात्रा पक्का पारेको हो । 

 क्याम्प नोउमा भएको दोस्रो लेगमा टोलीलाई जिताउन लियोनेल मेसी र लुइस स्वारेजले १–१ गोल गरे ।  

 यसै खेलमा लामो समयको प्रतिक्षापछि फिलिपे काउटिन्होले बार्सिलोना डेब्यु गरेका छन् । लिभरपुलबाट यसै सिजन १४२ मिलियन पाउण्डमा बार्सिलोना स्थानान्तरण भएका काउटिन्हो तिघ्राको इन्ज्युरीका कारण खेल्न पाएका थिएनन् । स्पान्योल विरुद्धको खेलको ६८ औं मिनेटमा कप्तान आन्द्रे इनिष्टाको स्थानमा काउटिन्हो मैदान प्रवेश गरेका थिए ।

बार्सिलोना संगै सेभिल्ला, भ्यालेन्सिया र लेगानेस सेमिफाइनलमा पुगेका छन् । उपाधि दाबेदार मानिएको रियल म्याड्रिड भनेक्वाटरफाइनलबाट नै बाहिरिएको छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved