विश्वकप छनौट खेल्ने राष्ट्रिय क्रिकेट टोलीको घोषणा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 19, 2018 | 06:23:58 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। कप्तान पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो ।   

अन्तर्राष्ट्रिय क्रिकेट परिसद (आइसीसी) का प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षण जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले ४ वैकल्पिकसहित १९ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।विश्वकप छनौटका लागि नामिबियामा सम्पन्न डिभिजन टु खेलेकै खेलाडीहरुले स्थान पाएका छन।  

डिभिजन टु मा वैकल्पिक खेलाडीको रुपमा रहेका ललित विश्वकप छनोटको लागि भने १५ सदस्यीय टोलीमा परेका छन। त्यस्तै विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी बैकल्पिक खेलाडीमा परेका छन् । विनोद डिभिजन टु को लागि वैकल्पिक खेलाडीको रुपमा समेत थिएनन् ।

नेपालले जिम्बावेसँग मार्च ४ मा, स्कटल्यान्डसँग ८ मा, फगानिस्तानसँग १० र हङकङसँग १२ मार्चमा खेल्नेछ ।डिभिजन दुईको विजेता युएई समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा वेस्ट इण्डिज, आयरल्याण्ड, पपुवा न्युगिनी र नेदरल्यान्ड रहेका छन् । समूहचरणमा सबै टिमले एकअर्कासँग एक/एक खेल खेल्नेछन् भने दुबै समूहबाट उत्कृष्ट तीन हुने टिमले सुपर सिक्स चरण खेल्नेछन् ।

सुपर सिक्स चरणमा एउटा टिमले तीनवटा खेल खेल्ने छन् । समूह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ । यसैबीच यो चरणमा नयाँ टेष्ट मान्यता प्राप्त मुलुक अफगानिस्तान, आयरल्याण्डले पनि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा उत्कृष्ट चारभित्र पर्न सफल टिम नेदरल्याण्ड, स्कटल्याण्ड, हङकङ र पपुवा न्यूगिनी विश्वकप छनोट खेल्नेछन् ।

समूहको शीर्ष तीन टोली सुपर सिक्स चरणमा पुग्नेछन् । प्रतियोगितामा सहभागीहुने छ एसोसिएट टोलीमध्ये नेदरल्यान्डसहित चार टोली चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनेछन् । छनोटबाट उत्कृष्ट हुने दुई टोली २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एक दिवसीय विश्वकप खेल्नेछन् 


विश्वकप छनोट खेल्ने नेपाली टोली :

पारस खड्का (कप्तान)

ज्ञानेन्द्र मल्ल

शक्ति गौचन

बसन्त रेग्मी

शरद भेषावकर

सोमपाल कामी

करण केसी

आरिफ शेख

सन्दीप लामिछाने

दीपेन्द्रसिंह ऐरी

दिलीप नाथ

ललित भण्डारी

अनिलकुमार साह

रोहितकुमार पौडेल

ललितनारायण राजवंशी

वैकल्पिक :

सुनिल धमला

किशोर महतो

सिधान्त लोहनी

बिनोद भण्डारी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved