धनगढी प्रिमियर लिग : विराटनगरको दोस्रो जित

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 05, 2018 | 02:32:47 PM मा प्रकाशित

laxmi  sunrise bank

धनगढी प्रिमियर लिग अन्तर्गत आज भएको पहिलो खेलमा विराटनगर किङ्सले दोस्रो जित दर्ता गरेको छ । घरेलु टिम चौराह धनगढीलाई १८ रनले पराजित गर्दै विराटनगरले प्रतियोगितामा दोस्रो जित हात पारेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभर ५ बलमा १ सय २७ रन बनाएको थियो । 

विराटनगरका ओपनर दिलीप नाथ ४ रनमा अउट भए भने अर्का ओपनर अनिल शाह २४ रनमा आउट भए । बाबर हायात पनि १५ रन, कप्तान पारस खड्का दुई रन मै आउट भए । 

चौराहाका लागिसुनिल धमलाले चार विकेट लिए भने रोहन मुस्तफा र कप्तान सोमपाल कामीले समान दुई दुई विकेट लिए । 

चौराहाका लागि शंकर रानाले २५, अस्फाक अहमदले २२ र राजु रिजालले १८ रन जोडे । सुनिल धमला १२ र रोहन मुस्तफा ११ रन बनाएर आउट भए । 

विराटनगरका पवन सर्राफले ४ तथा कप्तान पारस खड्का र बसन्त रेग्मीले समान दुई दुई विकेट लिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved