बहु चर्चित इन्डियन प्रिमियर लिग आईपीएलको सन् २०१८ को संस्करण चैत्र २४ गते अर्थात आगामी शनिवारदेखि सुरु हुदैछ। यस सिजनमा ८ टिमले प्रतिस्पर्धा गर्दै छन् भने २ पुराना टोली चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सले पुनरागमन जनाएका छन् ।
पहिलो पटक आईपीएलमा नेपाली खेलाडीले खेल्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दिप लामिछानेलाई यस पटक दिल्ली डेयरडेभिल्सले अनुबन्धन गरेको छ । लामिछानेलाई दिल्लीले २० लाख भारतीय अर्थात् ३२ लाख नेपाली रुपियाँमा खरिद गरेको हो । उनको लागि दिल्लीले नै पहिलो बोली लगाएको थियो । त्यस पछि कुनै बिड नपरेपछि उनी दिल्ली संग अनुबन्धित भएका हुन् ।
सन्दिप आईपीएलमा परेपछि नेपालमा पनि आईपीएलको चर्चा चुलिएको छ । साथै बिश्वभर पनि आईपीएलका दर्शक रहेका छन् । बिश्वको जुनसुकै कुनामा रहेर पनि आईपीएल लाइभ हेर्न सकिन्छ ।
भारत, नेपाल , श्रीलंका, माल्दिभ्स, र भुटानमा आईपीएलको प्रत्यक्ष प्रसारण ६ वटा फरक भाषामा हेर्न सकिन्छ । यी देशहरुमा स्टार स्पोर्ट्सले टिभीमा र हटस्टारले यसको लाइभ स्ट्रिमिंग गर्ने छ ।
हेर्नुस कुनदेशमा कसरी लाइभ हेर्ने आईपीएल :
| Territory | Television | Digital |
| | |
|
2 | USA | Willow | Hotstar |
3 | Canada | Willow | Hotstar |
4 | Caribbean | Flow TV | Flowtv.com, Flow Sports App |
5 | UK | Sky Sports | skysports.com, skygo |
6 | Sub Saharan Africa | Supersport | Supersport.com, Supersport App |
7 | MENA | BeIN Sport | BeIN connect |
8 | Pakistan | Geo Super | www.geosuper.tv, www.geo.tv |
9 | Bangladesh | Channel 9 | Channel 9 |
10 | Australia | Fox Sports | foxsports.com.au, Foxtel GO |
11 | Australia, Europe, SE Asia & South America | | Yupp TV |
12 | New Zealand | Sky Sports | www.skygo.co.nz, fanpass.co.nz,www.sky.co.nz |
13 | Afghanistan | Lemar TV | |
| AUDIO PARTNERS | Radio Station | |
14 | Global (Ex Indian Sub Continent) | Cricket Radio | |
15 | UAE | 89.1 Radio 4 FM, Gold 101.3 FM | |
16 | UK | Talksport | |