ईपिएल उपाधि जित्न कलर्स एक्स फ्याक्टरलाई १७२ रनको लक्ष्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 03, 2016 | 01:50:15 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेस्ट प्रिमियर लिगको उपाधि जित्न कलर्स एक्स फ्याक्टरले १ सय ७२ रनको बिजयी लक्ष्य पाएको छ। जारी फाइनल खेलमा टस जितेर ब्याटिंग थालेको पन्चकन्या तेजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १७१ रन जोड्यो । पन्चकन्याको लागि आशिफ शेखले शतकीय पारी खेल्दै १ सय ११ रन जोडे ।  विस्फोटक ब्याटिंग गरेका उनले ६४ बलमा ७ चौका र ८ छक्का सहित १ सय ११ रनमा अविजित रहे । 

जारी प्रतियोगिताको यो पहिलो शतक हो । यस अघि बिशाल ओरियार्सका पारस खड्का ९९ रनमा आउट हुँदा शतक बनाउनबाट चुकेका थिए । 

त्यस्तै अरिफ शेखले २३ रन तथा सोनु तामांगले १२ रन जोडे । करण केसी, पृथु बास्कोटा र कप्तान शरद भेषवाकरले दोहोरो अंकको रन स्कोर गर्न सकेनन ।  

कलर्सका लागि योगेन्द्र सिंह कार्की, संगम रेग्मी , अमर रौटेला र अविनाश कारणले समान १-१ विकेट लिए । 

तस्विर: नेपाली क्रिकेट समर्थक समाज 

*यस अघि संगम रेग्मी हुनु पर्नेमा अन्यथा हुन् गएकाले सच्चाईएको छ । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved