नेपाली खेलाडी पनि आईसीसीको विश्व वरीयतामा, हेर्नुहोस को कति नम्बरमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 13, 2018 | 05:54:59 PM मा प्रकाशित

laxmi  sunrise bank

पहिलो पटक नेपाली क्रिकेट खेलाडीहरु विश्व बरीयतामा समावेश भउका छन् । अन्तराष्ट्रिय एकदिवसीय सिरिज खेलेपछि खेलाडीहरु अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको एकदिवसीय वरीयतामा समावेश भएका हुन् । 

 आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा बलर सन्दीप लामिछाने, ब्याटिङमा सोमपाल कामी र ज्ञानेन्द्र मल्ल छन् । दुई एकदिवसीयमा सन्दीपले ४ विकेट लिएका थिए भने ज्ञानेन्द्रले १ अर्धशतक सहित ६४ रन र सोमपालले १ अर्धशतक सहित ६१ रन बनाएका थिए । 

बलिङतर्फ सन्दीप लामिछाने २१७ औं वरीयतामा परेका छन् । त्यस्तै ब्याटिङतर्फ सोमपाल २२९ औं र ज्ञानेन्द्र २३६ औं वरीयातामा छन् । यसअघि गएको साता चार नेपाली खेलाडीहरु कप्तान पारस खड्का, वसन्त रेग्मी, सोमपाल कामी र शरद भेषावकर पहिलो पटक टी–२० वरीयतामा परेका थिए । एकदिवसीय र टी–२० दुवै वरीयतामा पर्ने सोमपाल एक्ला नेपाली खेलाडी हुन् ।

आईसीसीको नयाँ वरीयतामा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली ब्याटिङतर्फ शीर्ष स्थानमा यथावत छन् । त्यस्तै भारतकै जरप्रित बुम्राह बलिङतर्फ शीर्ष स्थानमा रहँदा बंगलादेशी क्रिकेटर सकिव अल हसन अलराउण्डरमा शीर्ष स्थानमा छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved