बंगबन्धु गोल्डकप: ४० स्थान माथि रहेको ताजकिस्तानसँग भिड्दै नेपाल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 02, 2018 | 11:11:43 AM मा प्रकाशित

laxmi  sunrise bank

बङ्गलादेशमा जारी बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताम अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल खेल्दै छ  । नेपालले आज ताजकिस्तानको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार साँझ सवा ६ बजेदेखि सुरु हुनेछ।

फिफा बरियतामा नेपालभन्दा ताजकिस्तान ४० स्थान माथि छ । खेल अघिको पत्रकार सम्मेलनमा नेपाली कप्तान र कोचले बलियो टोली भएपनि आफुहरु जितको लागि मैदान उत्रने बताएका थिए । नेपालले गत बर्ष एएफसी एसियन कप छनोटको क्रममा ताजिकिस्तानसँग २ खेल खेलेको थियो ।   दुवै खेलमा नेपाल पराजित भएको थियो ।  नेपाल घरेलु मैदानमा २–१ गोल अन्तरले पराजय व्यहोरेको थियो भने ताजिकिस्तानको मैदानमा ३–० ले पराजित भएको थियो।  

 नेपालले आफ्नो  खेल प्यालेस्टाइनसँग असोज २० गते खेल्ने छ। खेल २० गते प्यालेस्टाइनसँग सामना गर्नेछ । दुवै समूहका विजेतासहित उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् । 


यसअघिको प्रतियोगितामा नेपालले अन्तिम चरणको खेलमा बहराइनलाई ३–० गोल अन्तरले पराजित गरी उपाधि जितेको थियो । नेपाली टोलीमा गोलकिपर विकेश कुथु, एलेन न्यौपाने र विशाल श्रेष्ठ छन् भने रक्षकमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, तेज तामाङ र सुमन अर्याल छन् । 

त्यसैगरी मिडफिल्डमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल रार्ई, सुनिल बल, सुजल श्रेष्ठ र निराजन खड्का छन् भने फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved