बिपिएलमा सन्दिपको दोस्रो खेल आज

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2019 | 10:55:18 AM मा प्रकाशित

laxmi  sunrise bank


बङ्गलादेश प्रिमियर लिग (बिपिएल) खेल्न बङ्गलादेश गएका नेपाली युवा बलर सन्दीप लामिछानेले आज आफ्नो दोस्रो खेल खेल्दैछन् । लामिछाने रहेको सिलेट सिक्सर्स क्लबले मध्याह्न १२:१५ मा चितागोङ भीकिङससँग प्रतिस्पर्धा गर्दैछ । 

पहिलो खेलमा उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिए पनि सन्दीपको टोली पराजित भएको थियो । पहिलो खेलमा पराजित सन्दीपको टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । सिक्सर्स पहिलो खेलमा कोमीला भिक्टोरियन्ससँग पराजित भएको थियो । बिपिएलको डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप दोस्रो खेलमा समेत सोही प्रदर्शन दोहो¥याउने लक्ष्यमा छन् । अष्ट्रेलियामा जारी ‘बिग बास’ लिग बीचैमा छोडेर बङ्गलादेश प्रिमियर लिग (बिपिएल) खेल्न बङ्गलादेश गएका सन्दीपले पहिलो खेलमै दुई विकेट लिन सफल भएका थिए । 

सन्दिपले  वकार युनिसको प्रशिक्षणमा रहेको सिलेट सिक्सर्सबाट बीपीएलमा डेब्यु गरेका छन् ।  डेभिड वार्नरको कप्तानीमा रहेको सिलेटमा सन्दीप र वाट्सनबाहेक मोहम्मद इरफान, नबिल समद, इबादत होसेन, आलोक कपाली, जाकिर अली, गुलाब्दिन नैब, आन्द्रे फेचर, मेहदी हसन रजा, पट ब्राउन, इमरान ताहिर, निकोलस पुरन, मोहम्मद नवाज नासिर होसेन, सब्बिर रहमान, सोहेल तनविर, लिटन दास, अफिफ हुसेन, तस्किन अहमद, अल अमीन होसेन, तोउहिद रिदोय, फेबियन एलेन रहेका छन ।

बिग बासमा सन्दिपले हरेक खेलमा विपक्षी कप्तानको विकेट लिदै बिश्वभर चर्चा कमाएका थिए  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved