'सिक्सर युवराज सिंह' द्वारा सन्यासको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2019 | 12:57:28 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतिय क्रिकेटर युवराज सिंहले सन्यासको घोषणा गरेका छन् । भारतले दुइपटक (२००७ वल्र्ड टि २० र २०११ मा विश्वकप) विश्व च्याम्पियनको उपाधि जित्दा सिंह टिमको महत्वपुर्ण हिस्सा रहेका थिए । उनी अलराउण्डर हुन् ।  

उनि २०१७ देखि भारतिय टिममा चयन हुन सकेका थिएनन् ।  सिंहले आफ्नो करियरको अन्तिम वन डे खेल ३० जनावरि २०१७ मा वेस्ट इन्डिज बिरुद्ध एन्टिगुवामा खेलेका थिए । 

सन्यासको घोषणा सिंहले प्रेश कन्फेरेन्स गरेका छन् ।  कन्फेरेन्समा सिंहले आफ्नो बाबुुको देशको लागि खेल्ने सपना पुरा गरेको   साथै २५ सालको क्रिकेट करियरमा आफुले धेरै कुरा सिक्न पाए कसरि लड्ने, कसरि उठ्ने र कसरि अघि बढने भन्ने सिकेको बताए । 

सिंहले २००७ को टि २० मा इंग्ल्याण्ड बिरुद्धको खेलमा एक ओभरमा ६ छक्का प्रहार गरेका थिए ।  साथै उनले १२ बलमा अर्धशतक बनाएका थिए, जुन आज सम्मपनि बिश्व किर्तिमान हो । 

उनले कुल ४० टेस्ट, ३०४ एक दिबशीय र ५८ अन्तराष्ट्रिय टि २० खेलेका छन् ।  उनले ३०४ वन डे खेलमा भारतको लागि ३०१खेल र एसिया एघारको लागि ३ खेल खेलेका छन् ।

४० टेस्ट म्याचको ६२ इनिंगमा सिंहको नाममा १९०० रनको रेकर्ड रहेको  छ जसमा ३ शतक र ११ अर्धशतकको रेकर्ड रहेको छ । यस्तै वन डे खेलमा सिंहले २७८ इनिंगमा ८७०१ रन बनाएका छन् जसमा उनले १४ शतक र ५२ अर्धशतक खेलेका छन् ।

साथै ५८ टि २० खेलमा उनले ११७७ रन बनाएका छन् जसमा ८ अर्धशतक खेलेका छन् । सिंहले टेस्टमा ९, वनडेमा १११ र टि २०मा २८ विकेट आफ्नो नाममा लेखाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved