बिजपाटी सम्बाददाता     Aug 11, 2019 | 09:03:10 AM



नेपाली क्रिकेटर सोमपाल कामी आबद्ध टिम विनिपेग हवक्स ग्लोबल टी–२० क्यानाडा लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको प्ले अफको दोस्रो क्वालिफायरमा विनिपेग हवक्सले ब्राम्पटोन वोल्भसलाई ७ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । अब उपाधिका लागि विनिपेगले भेनकाउभर नाइट्ससँग प्रतिस्पर्धा गर्नेछ ।

२०१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको विनिपेगले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेट्टायो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7