ला लिगामा मेस्सीको ह्याट्रिकले बार्सिलोना विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2019 | 11:01:13 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । शनिबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । 

बार्सिलोनाका लागि कप्तान मेस्सीले ह्याट्रिक गर्दा सर्जियो बुसक्वएटले १ गोल गरे । सेल्टाको लागि भने लुकास ओलजाले सान्त्वना गोल फर्काएका थिए । 

खेलको २३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै मेस्सीले बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा ओलजाले गोल गर्दै सेल्टालाई १–१ गोलको बराबरीमा ल्याए । तर पहिलो हाफको अतिरिक्त समयमा मेस्सीले अर्को गोल गर्दै खेल २–१ मा पुर्याए । 

४८ औं मिनेटमा गोल गर्दै मेस्सीले ह्याट्रिक गोल पूरा गरे । त्यस्तै, ८५औं मिनेटमा सर्जियोले गोल गरेपछि बार्सिलोना ४–१ ले विजयी भयो । 

जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले १२ खेलबाट २५ अंक बनाएको छ । पराजित सेल्टा भने लिगको १८ औं स्थानमा छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved