बालोन डि‘ओर मेस्सीले जित्ने पक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2019 | 10:51:38 AM मा प्रकाशित

laxmi  sunrise bank

वर्ष सन् २०१९ को बालोन डि‘ओर अवार्ड स्पेनिस क्लब बार्सिलोनाका लियोनल मेस्सीले जित्ने पक्का भएको छ । स्पेनिस पत्रिका ‘मुन्डो डेपोर्टिभो’का अनुसार डिसेम्बर २ मा पेरिसमा घोषणा हुने उक्त अवार्डका लागि मेस्सीलाई इंग्लिस क्लब लिभरपुलका भर्जिल भान डाइकसँगै प्रमुख दाबेदार मानिएको छ ।

‘फ्रान्स फुटबल’ को टिम बार्सिलोना पुगेर मेस्सीको फोटो सेसन गराइसकेको छ, जुन अवार्ड घोषणा हुने दिन बिहान फ्रान्स म्यागजिनले आफ्नो कभरमा छाप्ने उक्त पत्रिकाले दाबी गरेको छ । यसपटक उत्तः अवार्डका लागि बार्सिलोनाका मेस्सीसँगै लिभरपुलका भान डाइक र इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो प्रमुख दाबेदार हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved