१३ औँ सागमा नेपालको सुखद सुरुवात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2019 | 05:09:06 PM मा प्रकाशित

laxmi  sunrise bank

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगीता (साग) अन्तर्गत महिला भलिबल खेलमा नेपालले सुखद सुरुवात गरेको छ । बुधबार भएको उद्घाटन खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।

नेपालले पहिलो र दोस्रो सेट २५–९ तथा अन्तिम सेट २५–११ ले जितेको छ । 

जितसँगै समूह ‘ए’ मा रहेको नेपालले २ अंक जोडेको छ । नेपालले समूह चरणको अन्तिम खेलअन्तर्गत बिहीबार भारतसँग भिड्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved