नेपालले एएफसी एसियन कपको छनौट खेल खेल्ने निश्चित, यस्ता छन् नेपालको प्रतिद्वन्द्वी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2016 | 08:37:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले एएफसी एसियन कप छनौट खेल्ने अवसर पाएको छ। प्रतियोगिताको लागि यसअघि नै छनौट भएको ग्आमले प्रतियोगितामा भाग नलिने निर्णय गरेपछि नेपालले यो सुनौलो अवसर पाएको हो । एसियन फुटबलको सर्वोच्च संस्था एसियाली फुटबल महासंघले एन्फालाई पत्राचार गर्दै सहभागिताबारे जानकारी गराएको हो ।

नेपाल एएफसी सोलिडारिटी कपमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले यो अवसर पाएको हो । छनौट खेलको तालिका आगामी जनवरी २३ मा सार्बजनिक हुनेछ।

छनौट प्रतियोगीतामा २४ टोलीले सहभागिता जनाउने छन् । २४ टोलीलाई ६ समूहमा विभाजन गरिनेछ। हरेक समूहको शीर्ष दुई स्थानमा रहने टोली एसियन कपका लागि छनोट हुनेछन्। 

 

नेपालको समुहमा मलेशिया, सिंगापुर, कुवेत , कम्बोडिया र भुटान छन् । हाल कुवेतलाई एएफसीले निलम्बन गरेको छ । उक्त निलम्बन जनवरी १७ , २०१७ सम्म जारी रहे कुवेतले प्रतियोगिता खेल्न पाउने छैन । त्यसो भएमा नेपालको समुहमा ५ टोली मात्र रहने छन्। 

सन् २०१९ मा युएईमा हुने एसियन कपमा छनौट भएका १२ टोलीले सहभागिता जनाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved