धाइजनले जित्यो एनसिसिएस टी २० क्रिकेट कपको उपाधि, हेर्नुस कसलाई कुन पुरस्कार  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 27, 2017 | 05:21:43 AM मा प्रकाशित

laxmi  sunrise bank

एनसिसिएस टी २० क्रिकेट कपको उपाधि धाइजन क्रिकेट क्लबले जितेको छ ।  नेपाली क्रीकेट समर्थक समाज जिल्ला समन्वय समिती झापाको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा दमक क्रीकेट क्लबलाई ९ विकेटले पराजित गर्दै धाइजनले उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ रोजेको दमक क्रीकेट क्लब १९.३ ओभरमा अल आउट हुँदै ५७ रन मात्र जोड्न सक्यो। दमकका तर्फबाट याडम राईले १६ रन र रोशन थापाले १३ रन जोडे बहने अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।  बलिंगमा धाइजनका अशोक सुब्बाले ४ ओभरमा १९ रन खर्चिएर ३ विकेट, विक्रम कार्की- दिपेश कमातीले समान २/२ विकेट, नाम्लिग एक्तेनले १ विकेट लिए भने अशोक सुब्बाले २ खेलाडी रन आउट गरे । अशोक सुब्बा म्यान अफ द म्याच घोषित भए  । 

जवाफी ब्याटिङमा उत्रेको धाइजनले उक्त लक्ष ७.३ ओभर मै १ विकेट को क्षतिमा पूरा गर्यो। अंकित सुवेदीले २४ रन बनाए भने  निर्त्य खडौरिया २८ रन र अशोक सुब्बाले ५ रनमा अविजित रहे । दमकका लागि असिम काफ्लेले १ विकेट लिए  । 

१६ टोलिबिच प्रतिस्पर्धा भएको उक्त प्रतियोगीतामा नक आउटको आधारमा खेल खेलाइएको थियो। जस अन्तर्गत फाइनल समेत गरेर १५ खेल खेलाइएको थियो। प्रतिस्पर्धात्मक सेमिफाइनलमा आयोजक एन सि एस एस लाई पराजित गर्दै दमक क्रीकेट क्लब फाइनलमा पुगेको थियो भने प्रतिभा वारियर्स लाई हराउदै धाइजनले फाइनलको यात्रा तय गरेको थियो।

जित संगै विजेता धाइजनले २५ हजार नगद ,ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता दमकले नगद १५ हजार,ट्रफी र मेडल प्राप्त गरेको छ । 

 अशोक सुब्बा १० विकेट लिदै प्रतियोगिताका उत्कृष्ट बलर घोषित भए भने ८० रन जोडेका  नृत्य खडौरिया उत्कृष्ट ब्याट्सम्यान घोषित भए । दुवैले नगद ३ हजार प्राप्त गरे  । सर्बाधिक छक्का पनि खडौरियाकै नाममा रह्यो  । उनले १० छक्का प्रहार गर्दै २ हजार नगद हात पारे ।  

रहेका प्रमुख अतिथि मेघराज बास्तोलाले बिजेतालाई पुरस्कार वितरण गरेका थिए । बास्तोला कंकाई नगरपालिका प्रमुख हुन् ।  पुरस्कार वितरण समारोहमा जिल्ला समन्वय समिति झापाका संयोजक विश्वराज गौतमले यस प्रतियोगिताले युवा स्तरमा क्रिकेटलाई चलायमान बनाएको बताउदै क्रिकेट गतिविधि अझ परिस्कृत रुपमा लैजाने र क्रिकेट बेथिति विरुद्ध पनि संगसंगै लड्दै जाने उदघोष गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved