शरद भेष्वाकरले एकै ओभरमा लिए २ विकेट, केन्याको ८ औ विकेट पतन (लाइभ)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 13, 2017 | 10:31:51 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पाचौं चरणको दोस्रो खेल किर्तिपुर मैदानमा जारि छ ।  टस जितेर फिल्डिंग रोजेको नेपालले आठौ सफलता हात पारेको छ ।

शरद भेस्वाकरले ४५ औ ओभरमा २ विकेट लिएका छन् । उनले चौथो ४ पाचौ बलमा विकेट लिएका हुन् । यस अघि भेषवाकरले ३१ औ ओभरमा एक विकेट लिएका थिए। उनले  घातक ब्याट्सम्यान  इरफान क्रिम लाई आउट गरेका हुन् । करिमले ३८ रन जोडेका थिए  । 

  सागर पुन र बसन्त रेग्मी समान १- १ विकेट लिए   । त्यस्तै  सन्दिप लामिछानेले केन्याका घातक ब्याट्सम्यान कोलीन्स ओबुयालाई आउट गरे  । ओबुयाले ७८ बलमा ७ चौका सहित ४८ रन बनाएका थिए  । 

 अन्य २ विकेट भने यस अघि शनिबार भएको नेपाल र केन्याबीचको खेलमा बलीङको अवसर नपाएका महबुब आलमले लिए। उनले एकै ओभरमा २ विकेट लिएका हुन् ।    

 

 समाचार तयार पार्दा सम्म केन्याले ४५  ओभरको अन्त्यमा ८   विकेटको क्षतिमा १५१ रन जोडेको छ ।  यस अघिको खेलमा हार बेहोरेको नेपाली टिम जित्ने पर्ने दबाबमा छ।   

हेर्नुस लाइभ

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved