एएफसी एसियन कप छनोट : नेपाल र यमन भिड्दै (हेर्नुस लाइभ)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 13, 2017 | 02:49:45 PM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त अरब इमिरेट्स (युएई) मा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल र यमन भिड्दै छन् । सशस्त्र प्रहरी बलको खेल मैदान हल्चोकमा दिउँसो ३ बजे खेल सुरु हुने छ । 

हेर्नुस लाइभ : 



प्रतियोगिताको छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको थियो । 

नेपालले घरेलु मैदानमा यमनसंग प्रतिस्पर्धा गर्न लागेको हो । 

नेपालले यस अघि दुई पटक यमनसंग खेलेकोमा दुवै पटक पराजित भएको थियो । सन् २००० मा एएफसी एसियन कपमै नेपाल यमनसँग ३–० गोल अन्तरले पराजित भएको थियो । यस्तै सन् २०१४ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल यमनसँग २–० गोल अन्तरले पराजित भएको थियो । 


 नेपालका मुख्य प्रशिक्षक योतुकु कोजीले यमनविरुद्धको खेलमा नेपाली टोली तयार रहेको बताएका छन् । कोजीले यमनविरुद्धको खेलमा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गर्दै यमन गाह्रो प्रतिद्वन्द्वी रहेको टिप्पणी गरे । उक्त प्रतियोगिताको तयारीका लागि नेपालले एक साताअघि भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो जसमा नेपाल भारतसँग २–० गोलअन्तरले पराजित भएको थियो । 

 फिफा वरियतामा यमन नेपालभन्दा ४५ स्थान अघि छ । नेपाल १ सय ६९ औँ स्थानमा छ भने यमन १ सय २४ औँ स्थानमा छ । 

यता यमनका प्रशिक्षक इब्राहिम मेब्रातोल र कप्तान अरस मोहम्मद इब्राहिमले आफूहरु नेपालसँग खेल्न शारीरिक तथा मानसिक रुपमा तयार रहेको बताए । 

यस्ता छन् पहिले मैदान उत्रने नेपालका ११ खेलाडी   । 

गोल किपर: किरण चेम्जोङ 

डिफेन्स : विराज महाराजं, आदित्य चौधरी, अनन्त तामाङ, कमल श्रेष्ठ 

मिड फिल्ड : बिशाल राइ, सुजल श्रेष्ठ, रोहित चन्द, अन्जन बिष्ट 

फरवार्ड : भारत खवास, नवयुग श्रेष्ठ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved