अर्को महिना सुरु हुँदै छ युरोकप, यस्ता छन् सहभागी २४ देश र सर्वाधिक सफल टिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2024 | 12:38:36 PM मा प्रकाशित

laxmi  sunrise bank

युरोपे महादेशका फुटबल हस्तीहरु भिड्ने युरोकप फुटबल प्रतियोगिता अर्को महिनादेखि सुरु हुँदै छ। २०२४ जुन १४ तारिखदेखि २०२४ जुलाई १४ तारिखसम्म जर्मनीमा युरोकप फुटबल प्रतियोगिता हुन लागेको हो

यो युरोकपको १७ औ संस्करण हो । प्रतियोगिता युरोपेली फुटबल संघ (युएफा)ले आयोजना गर्ने गरेको छ

प्रतियोगितामा २४ टिम सहभागी छन् । ५५ टिम सहभागी छनौट प्रतियोगिताबाट मुख्य प्रतियोगिताको लागि २४ टिम छनौट भएका हुन्  २४ टिमलाई हरेक समुह ६ वटा देश रहने गरि ६ वटा समुहमा विभाजन गरिएको छ। समुह चरणमा हरेक टिमले आफ्नो टिममा रहेका अर्को देशसँग समान १-१ खेल खेल्ने छ । सबै टिमले समुह चरणमा ३ खेल खेलेपछि समुह चरणको शिर्ष २ रहने टिम नकआउटमा पुग्ने छन् । त्यस्तै तेस्रो स्थानमा रहने ६ टिम मध्ये सर्वाधिक अंकको आधारमा थप ४ टिम पनि नक आउट पुग्ने छन् । 

यस्ता छन् टिम र समुह : 

समुह ए : जर्मनी, स्कटल्याण्ड, हंगेरी, स्विजरल्याण्ड 

समुह बि : स्पेन, क्रोएसिया, इटाली, अल्बेनिया, 

समुह सी: सोल्भेनिया, डेनमार्क, सर्बिया, इंग्ल्यान्ड

समुह डि: पोल्याण्ड, नेदरल्याण्ड, अष्ट्रिया, फ्रान्स

समुह ई : बेल्जियम, स्लोभाकिया, रोमानिया. युक्रेन

समुह एफ: टर्की, जर्जिया, पोर्चुगल, चेक रिपब्लिक 

यी मध्ये जर्मनी सर्वाधिक १४ औ पटक प्रतियोगिता खेल्दै छ भने स्पेन १२ औ पटक प्रतियोगिता खेल्दै छ । त्यस्तै फ्रान्स, इंग्ल्यान्ड, नेदरल्याण्ड, चेक रिपब्लिक र इटाली ११ औ पटक प्रतियोगिता खेल्दै छन् । जर्जियाले पहिलो पटक युरोकप खेल्न लागेको हो भने अल्बेनिया र सोल्भेनियाले दोस्रो पटक युरोकप खेल्न लागेका हुन् । 

जर्मनी प्रतियोगिताको सर्वाधिक सफल टिम हो । जर्मनीले हालसम्म  ३ पटक उपाधि जितेको छ भने ३ पटक उपविजेता बनेको छ । स्पेनले पनि ३ पटक उपाधि जितेको छ भने १ पटक उप बिजेता बनेको छ । इटाली र फ्रान्सले समान २-२ पटक उपाधि जितेका छन् । 

रसिया, चेक रिपब्लिक, पोर्चुगल, नेदरल्याण्ड, डेनमार्क, ग्रिस र स्लोभाकियाले समान १ पटक उपाधि जितेका छन् ।

प्रतिबन्धको कारण रसिया भने यस पटक सहभागी छैन । रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुसको फुटबल माथि प्रतिबन्ध लागेको थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved