विहानैदेखि अबरुद्ध टेलिकमको मोवाइल सेवा सुचारु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 08, 2016 | 11:52:19 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहानै देखि अवरुद्द भएको नेपाल टेलिकमको जिएसएम मोवाइल सेवा सुचारु भएको छ। ट्रान्समिसनमा समस्या आएपछि टेलिकमको मोबाइलको नेटवर्कमा आज बिहान अचानक केही समस्या देखिएपनि अहिले सो समस्या समाधान भइसकेको टेलिकमले जनाएको छ। 

रातिदेखि नै लगातार टावर आउने न आउने समस्या देखिएको तर अब यो समस्या समाधान भैसकेको टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्। प्राविधिक उपकरणमा समस्या आउनु साम्न्य भएपछि आफूहरु सेवाको संवेदनशिलतालाई मध्यनजर गर्दै रातिदेखि नै मर्मतमा जुटेर अहिले समधान भएको वैद्यले बताइन्। 

दशैँको दिन पनि टेलिकमका निर्देशकसहितको टोलि समस्या समाधानमा लागिपरेको बताउदै प्रवक्ता बैधले भविष्यमा यस किसिमको समस्या आउन नदिन कम्पनी प्रयत्नशील रहेको बताइन।            

टेलिकमले आज बिहानै देखि टेलिकमको मोबाइलको नेटवर्कमा अचानक केही समस्या आई केही स्थानका उपभोक्ता वर्गमा असुविधा पुग्न गएकोमा सेवाग्राहीसंग क्षमा माग्दै यस अवस्थामा उपभोक्ताले देखाएको धैर्यताप्रति आभार प्रकट गरेको छ।   

टेलिकमको सिस्टम राउटरमा समस्या आएपछि गएरातिदेखि सेवा अवरुद्ध भएको थियो। 
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved