पर्यटन ब्राण्ड बनाउनेलाई एक लाख पुरस्कार

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Mar 10, 2019 | 09:47:35 AM मा प्रकाशित

laxmi  sunrise bank

तीन नम्बर प्रदेश सकाले पर्यटन विकास गर्न आफ्नै पर्यटन ब्राण्ड बनाउने भएको छ । ब्राण्ड निर्माणका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजनाले एक लाख राशिको पुरस्कारसहित प्रतियोगिता आयोजना गरेको छ ।

पर्यटनसम्बन्धी केन्द्रीय ब्राण्ड वा नाराले प्रदेशलाई समेटे पनि आफ्नै छुट्टै पहिचान भएकाले अलग्गै ब्राण्ड निर्माण गर्नुपरेको आयोजनाका प्रमुख राजु क्षेत्रीले जानकारी दिए । आयोजनाले ब्राण्डको डिजाइन गरी प्रतियोगितामा सहभागी हुन इच्छुक सङ्घसंस्था तथा व्यक्तिका लागि आगामी चैत ६ गतेसम्मको समयसिमा सहित सूचना जारी गरेको छ ।

संघीय सरकारले केही महिना अघि सार्वजनिक गरेका नयाँ पर्यटकीय १०० गन्तव्यमध्ये सबैभन्दा धेरै स्थानयही प्रदेशमा परेकाले तीनको प्रवद्र्धन हुने गरी ब्राण्ड निर्माणको प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख क्षेत्रीका अनुसार प्रदेशका स्थापित तथा नयाँ एवं व्यवस्थित गर्नुपर्ने सम्पदाको समेत पहिचान गरेर प्रचारप्रसार गर्न ब्राण्डको भूमिका महत्वपूर्ण हुनेछ ।

मन्त्री अरुण नेपालको संयोजकत्वमा रहेको छनोट समितिले ब्राण्ड नाम र नाराको छनोट गर्नेछ । सामग्री प्राप्त भएको बढीमा एक महिनाभित्र उत्कृष्ट ब्राण्डको छनोट गरिने आयोजना प्रमुख क्षेत्रीले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved