राहुल चौधरी तेस्रो पटक ‘होटेलियर पावर लिस्ट’ मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2020 | 07:31:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी राहुल चौधरी यस वर्ष पनि ‘होटेलियर पावर लिस्ट २०२०’ को सूचिमा परेका छन् । भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर’ले लगातार तेस्रो वर्ष राहुललाई शक्तिशाली २५ होटल व्यवसायीको सूचीमा राखेको हो ।

ओबरोय होटल्स, ह्यात, हिल्टन, आईएचजी, म्यारियोट, लीला, एकोर, ¥याडिसन, ताज जस्ता विश्वभर चर्चित होटल ब्रान्ड सम्मिलित सूचीमा राहुल पनि परेका हुन् । 

राहुलले चौधरी ग्रुप (सीजी)को ‘हस्पिटालिटी’ बिजनेसको नेतृत्व गर्छन् । उनी यो सूचीका सबैभन्दा कान्छा सदस्य हुन् ।

‘होटेलियर’ले सन् २०२० का लागि ‘हस्पिटालिटी’ क्षेत्रमा सफल २५ प्रभावशाली व्यवसायीको सूची निकालेको हो । राहुल सन् २०१८ र २०१९ को सूचीमा पनि थिए । 

राहुलले भारतको नयाँदिल्ली मुकामबाट ‘सीजीकर्प ग्लोबल’सँगै ‘सीजी हस्पिटालिटी होल्डिङ्स’को प्रमुख कार्यकारी निर्देशकको जिम्मेवारी निभाइरहेका छन् । होल्डिङ्सले भारत लगायत दर्जन मुलुकमा सेवा विस्तार गरेको छ । ‘ताज’, ‘फर्न’, ‘जिंक होटेल्स’जस्ता स्थापित र प्रसिद्ध चेन होटलमा सीजीको लगानी छ ।

होल्डिङ्सले १२ मुलुकका ९४ गन्तव्यमा १३५ होटल तथा रिसोर्ट सञ्चालन गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved