बीमितको घरमै गइ जीबन बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2019 | 01:23:45 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमितकै घरमा पुगेर जीबन बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ। ज्योति लाइफका क्षेत्रिय प्रवन्धक मोहन पुरीले बीमित मृतक जनक केसीको घरमै पुगी दुघर्टना मृत्यु बापत हुने बीमाङ्कको दोहोरो रकम २० लाख र बोनस बापतको रकम ५५ हजार गरी कुल दाबी भुक्तानी रकम २० लाख ५५ हजारको चेक मृतकका पिता गुमान सिं केसीलाई प्रदान गरेका हुन्।

स्व. केसीले ज्योति लाइफको तुलसीपुर उपशाखाबाट २०७५/१२/१२ गते १० लाख बीमाङ्कको बीमालेख लिएको कम्पनीले जनाएको छ। केसीको २०७६/०६/१३ मा मोटरसाईकल दुर्घटनामा परी उपचारको क्रममा असामयिक निधन भएको थियो ।

कम्पनीका क्षेत्रिय प्रवन्धक मोहन पुरीले बीमा दाबी भुक्तानी प्रकृया भन्झटिलो र ढिला सुस्ती हुने आम जनमानसमा रहेको भ्रमलाइ चिर्नलाई कम्पनीका क्षेत्रिय प्रवन्धक श्री मोहन पुरीले सहज रुपमा दावी भुक्तानी हुँदा बीमाप्रति जनविश्वास बढ्ने र बीमा दाबी भुक्तानी प्रकृया भन्झटिलो र ढिला सुस्ती हुने आम जनमानसमा रहेको भ्रमलाइ समेत चिर्ने विश्वास व्यक्त गरे।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved