एचआइभी संक्रमित पनि स्वास्थ्य बीमा कार्यक्रममा, ७४ प्रतिशतले गरे नविकरण

विजया बास्कोटा

विजया बास्कोटा

Feb 05, 2020 | 06:10:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएकामध्ये ७४ प्रतिशत बीमितले मात्र नविकरण गरेका छन् । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी कृष्ण प्रसाद आचार्यका अनुसार हालसम्म स्वास्थ्य बीमा कार्यक्रममा सरिक भएकाहरुमध्ये ७४ प्रतिशतले मात्रै नविकरण गरेका हुन्।

बीमित परिवारका सबै सदस्यहरु स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भई रहनका लागि  प्रत्येक वर्ष नविकरण गर्नु पर्ने हुन्छ । बीमा नविकरण गर्दा आफ्नो क्रियाशिल अवधिको अन्तिम एक महिना भन्दा अगाडि नै दर्ता सहयोगीसँग सम्पर्क गर्नु पर्दछ । 

दुई लाख ५४ हजार ७ सय ज्येष्ठ नागरिक समेटिएका छन । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा दुई लाख ५४ हजार ७ सय ज्येष्ठ नागरिक समेटिएका छन् । ७० बर्ष उमेर पुगेका सबै ज्येष्ठ नागरिकलाई निशुल्क बीमा हुने प्रावधान रहेको छ । 

त्यस्तै, ६ लाख ११ हजार ९८२ जना गरिब समेटिएका छन।  स्वास्थ्य बीमा बोर्डको तथ्याङ्क अनुसार ६ लाख ११ हजार ९८२ जना गरिबहरु यस कार्यक्रममा सहभागी भएका छन् । 

चार सय ८० स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम पुगेको छ। सबै नागरिकलाई आधारभुत स्वास्थ्य सेवाको पहँुचमा राख्ने लक्ष्यका साथ शुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम चार सय ८० स्थानीय तहमा विस्तार भएको छ । 

दैनिक पाँच हजारका दरले दावीका केस आउने गरेका छन। हालसम्म साढे २५ लाख जनता सहभागी भएको स्वास्थ्य बीमा कार्यक्रममा दावीका केसहरु पनि उत्तिकै मात्रामा आउने बोर्डले जनाएको छ । बोर्डका अनुसार दैनिक रुपमा करिब पाँच हजारका दरले दावी पर्ने गर्दछन् । 

तीन हजार ७५५ एचआइभी एड्स संक्रमित स्वास्थ्य बीमामा सरिक भएका छन। बोर्डको तथ्याङ्क अनुसार स्वास्थ्य बीमा कार्यक्रममा तीन हजार ७५५ जना एचआइभी एड्सबाट संक्रमित भएकाहरु सहभागी भएका छन् । 

स्वास्थ्य बीमा कार्यक्रममा कसरी सहभागी हुने ?

सरकारले सबै नागरिकलाई आधारभुत स्वास्थ्य सेवाको पहँुचमा राख्ने लक्ष्यका साथ शुरु गरेको यस कार्यक्रममा सहभागी हुनका लागि स्थानीय वडाबाट छनौट भई आएका दर्ता सहयोगीहरुलाई सम्पर्क गर्नु पर्दछ । स्थानीय वडाबाट छनौट भई आएका दर्ता सहयोगीहरु घरदैलोमै गई दर्ता गराउने गर्दछन् । आफुले चाहेको बेला दर्ता सहयोगी घरदैलोमा उपलब्ध नभएको खण्डमा आफैले सम्पर्क गरी यस कार्यक्रममा सरिक हुन सकिन्छ । 

सदस्यता दार्ताका समयमा आफ्नो फोटो भएको परिचय पत्र (नागरिकता, सवारी अनुमतिपत्र वा अन्य परिचय खुल्ने प्रमाणपत्र) दतर्था सहयोगीलाई देखाउनु पर्ने हुन्छ । नाबालिगको हकमा भने निजको जन्म दर्ताको प्रमाणपत्र वा अभिभावक वा संरक्षकको परिचय खुल्ने प्रमाणपत्र देखाउन पर्दछ । 

दर्ताको समयमा घरमुलीले आफ्नो परिवारका सदस्यहरुका बारेमा यथार्थ जानकारी दिने गर्नु पर्दछ । दर्ता फाराम भर्ने बेलामा सेवा लिनका लागि कार्यक्रमले तोकेको नजिकको स्वास्थ्य संस्था रोज्नु पर्ने हुन्छ । 

नेपाल सरकारले उपलब्ध गराएको गरिबीको परिचयपत्रको आधारमा अति गरिब, अति अशक्त, अपांगता, एचआइभी संक्रमित, एमडी आरटिबि र कुष्ठरोगीहरुका  परिवारलाई शतप्रतिशत छुट प्रदान गर्ने व्यवस्था रहेको छ । महिला स्वास्थ्य स्वयमसेविकाको परिवारलाई योगदान रकमको ५० प्रतिशत छुट गर्ने व्यवस्था रहेको छ । 

कार्यक्रममा सहभागी परिवारका प्रत्येक सदस्यले आआफ्नै स्वास्थ्य बीमा परिचय पत्र पाउँछन् । साथै, सदस्यले सेवा लिन जाँदा आफ्नो परिचयपत्र साथमा लिएर  जानु पर्ने हुन्छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved