कोरोनाविरुद्ध लड्न नेशनल लाइफको ५१ लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2020 | 04:09:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड  National Life Insurance Company Limited ले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५१ लाख रुपैयाँ प्रदान गरेको छ ।

कम्पनीको संचालक समितिका अध्यक्ष प्रेमा सिंहले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री युवराज खतिवडालाई  उपरोक्त रकम वरावरको चेक प्रदान गरेका हुन् । 

उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष एवं कम्पनीको संचालक समितिको सदस्य भवानी राणा, कम्पनीको प्रमुख कार्यकारी अधिकृत भरत वस्नेत र नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको पनि उपस्थिति रहेको थियो ।

कम्पनीले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी सहयोग प्रदान गर्दै आएको छ र यसवाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने कम्पनीले विश्वास लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved