नेपाल पूनर्बीमा कम्पनी लिमिटेडले संचालक समितिको सदस्य पदमा रमेश लम्साललाई मनोनयन गरेको छ ।
अर्थ मन्त्रालय वित्तीय क्षेत्र ब्यवस्थापन तथा संस्थान समन्वयन शाखाको पत्रबाट नेपाल सरकारको भदौ ३ गतेको निर्णयानुसार रमेश लम्साललाई अर्को व्यवस्था नभएसम्मको लागि कम्पनीको संचालक समितिको सदस्यमा मनोनयन गरेको कम्पनीले जानकारी दिएको छ ।