महालक्षी लाइफद्वारा सम्पत्ति शुद्धिकरण निवारण तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2021 | 02:22:15 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्स Mahalaxmi Life Insurance Company  ले आफ्ना कर्मचारीहरुलाई सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ । कम्पनीले आज काठमाण्डौको लेण्डमार्क होटलमा आयोजित तालिम कार्यक्रममा प्रदेश नं.३ का सम्पुर्ण शाखा/उपशाखा प्रमुखहरुलाई तालिम दिएको हो।

कर्मचारीहरुलाई वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले गैर कानूनी रुपमा आर्जित रकम कसरी बैंक र बीमाको माध्यमले शुद्धिकरण गरिन्छ, अपराधिक र आतंकवादी क्रियाकलापबाट आर्जित रकमको पहिचान कसरी गर्ने र शंकास्पद कारोबारको रिपोर्टिङ तरिका बारेमा तालिम प्रदान गरेको कम्पनीले जनाएको छ । तालिममा ३ नं. प्रदेशका १५ जना प्रमुखहरुको सहभागिता रहेको थियो। 

कम्पनीका अनुसार आजै संचालिन हुने दोस्रो चरणको तालिममा बीमा प्रोडक्ट र यस्को बिक्रिका क्षेत्रहरु, प्रभावकारी अण्डरराईटिङका तरिकाहरु र ग्रामिण क्षेत्र सम्म पुग्ने बजार रणनीतिका बारेमा तालिम संचालन हुनेछ । नायव प्रमुख कार्यकारी अधिकृत द्वय कमल पन्थी र रामेश्वर श्रेष्ठ, मार्केटिङ विभाग प्रमुख प्रशान्तराज धमला र अण्डरपराईटिङ विभाग प्रमुख प्रभाकर न्यौपानेले तालिम दिने कार्यक्रम रहेको छ । 

कम्पनीले २०७८ आषाढ मसान्त भित्र सातै प्रदेशका कर्यालय प्रमुख र कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धि पूनर्ताजगी तालिम दिने कार्यक्रम बनाएको छ । त्यसै गरी यो तालिम क्रमश अभिकर्ताहरुलाई पनि प्रदान गरी जीवन बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरणलाई न्यूनिकरण गर्ने उद्देश्य राखिएको कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved