
एशियन लाईफ इन्स्योरेन्स Asian Life Insurance Company , बनेपा शाखाले स्व. राजु कुमार अधिकारीको परिवारलाई मृत्यु दाबी वापत ५९ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीका सहायक महाप्रबन्धक लोकराज जोशीले कम्पनीको तर्फबाट बीमितको श्रीमति इन्दिरा पुडासैनीलाई बनेपा शाखा कार्यालयमा दाबी रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
स्व. अधिकारीले २०७५ असोज २१ गते ५० लाखको अग्रिम भुक्तानी सावधिक जीवन बीमा गराएका थिए । २०७७ कार्तिक १८ गते निधन भएका बीमितले बीमा शुल्कवापत ३ वर्षको अवधिमा कम्पनीलाई १३ लाख ४२ हजार रुपैयाँ भुक्तानी गरेका थिए ।