भेनाद्धारा सालीलाई विवाहमा दश लाखको बिमा पोलीसी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2021 | 05:26:53 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाइफ इन्स्योरेन्स बिर्तामोड शाखाका बरिष्ठ एजेन्सी मेनेजर ज्ञानबहादुर कुँवरले सालीलाई १० लाखको बिमा पोलिसी उपहार दिएका छन् । 

झापा बिर्तामोड निवासी कुँवरले साली रुपा सुवेदीदाई बचत र सुरक्षाका लागि महत्वपुर्ण भएकाले बिमा पोलिसी हस्तान्तरण गरेको बताए । उनले भने ‘गाग्रो र परम्परागत उपहार भन्दा पनि वर्षौसम्म उपयोग र सम्झना होस् भन्ने हेतु ले पोलिसी दिएको हुँ ।’ पछिल्लो समय विवाह व्रतवन्ध, पास्नी, वैवाहिक बर्षगाँठको अवसरमा दिइने उपहारको प्रकार परिवर्तन भएसँगै आफुले पनि सो उपहार दिएको बनले बताए । उनले भने  ‘आजकल ओइलाएर जाने फुलको बुकी होइन जीवन नै हराबरा बनाउने बीमा पोलिसीउपहार दिनु आवश्यक छ ।’ 

यो नौलो र उपहार भएपनि पछिल्लो समय यस्तो क्रम बढ्दै गएको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय उपप्रवन्धक गुञ्जन थापाले बताए । कुँवरद्धारा उपहार स्वरुप महालक्ष्मी साबधिक बीमा पोलिसी वापत रु १० लाख रुपैयाँ बराबरको बीमा पोलिसी उपहार दिएको कम्पनीले जनाएको छ । 

जसरी विवाहलाई जिवनको एउटा कर्म मानिन्छ उसैगरि बिमालाई समेत बुझ्नु पर्ने मान्यता स्वरुप सो पोलिसी हस्तान्तरण गरिएको बरिष्ठ एजेन्सी मेनेजर कुँवर बताउँछन् । जिवनका यस्ता महत्वपुर्ण शुभ कार्यमा जिवन बिमा नै एक सहि उपहार साबित होस भनेर अभियान नै सञ्चालन हुनु पर्ने उनको भनाई छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved