३ महिना भित्र अभिकर्ताको ऋण उठाउन दिईएको निर्देशनबाट पछि हट्यो बीमा समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2021 | 02:05:19 PM मा प्रकाशित

laxmi  sunrise bank

जीवन बीमा कम्पनीका बीमा अधिकर्तालाई बीमा कम्पनीले दिएको ऋण उठाउने विषयमा बीमा समिति लचक बनेको छ । समितिले यस अघि बैशाख २ गते अभिकर्तालाई दिएको ऋण ३ महिना भित्र उठाईसक्न निर्देशन दिएकोमा अब भने ऋण फर्स्योटको बारेको कार्ययोजना मात्र मागेको छ ।  

समितिले जेठ २३ गते जीवन बीमा कम्पनीहरुलाई पत्राचार गर्दै कम्पनीले अभिकर्तालाई दिएको कर्जा मध्ये कुन कर्जा कति समयमा फर्स्यौट गर्न सकिन्छ त्यसको जानकारी दिई कर्जा फर्स्योट गर्न निर्देशन दिएको हो ।  समितिले यस बारेको लिखित विस्तृत जानकारी समितिमा पेश गर्न पनि निर्देशन दिएको छ ।  कम्पनीहरुसँग औपचारिक तथा अनौपचारिक छलफल गर्दा असार मसान्तसम्म कर्जा फर्स्योट गरी सक्न अप्ठेरो हुने देखिएकोले कम्पनीलाई नै अवधि तोक्न समितिले निर्देशन दिएको हो ।  

समितिले बैशाख २ गते निर्देशन दिना साथ बीमा अभिकर्ताहरुले यो सम्भव नभएकोले समितिलाई निर्णय फिर्ता लिन आग्रह गरेका थिए ।   पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले  अभिकर्तालाई कम्पनी ८-१० वर्षको लागि भनेर दिएको ऋण ३ महिनामा फिर्ता गर्नु कुनै पनि हालतमा सम्भव नहुने बताएका थिए।  उनले यस्तो निर्देशन दिएर बीमा समितिले गल्ति गरेको समिति आफैले गल्ति सुधार गरेर निर्देशन फिर्ता लिओस् भन्ने चाहना रहेको बताएका थिए  ।  

किन दिन्छन् अभिकर्तालाई ऋण ?

हाल बीमा कम्पनीले बिमितलाई बिमालेखको धितोको आधारमा र कम्पनीका कर्मचारीलाई सेवा शर्त नियमावली अनुसार कर्जा दिन सक्ने ब्यवस्था छ । यी बाहेक कम्पनीले अन्य कसैलाई पनि कर्जा तथा सापटी दिन नमिल्ने ब्यवस्था छ। तर कम्पनीहरुले आफै नियम बनाएर अभिकर्तालाई ऋण दिने गरेका छन् ।  कम्पनीले अभिकर्तालाई मुख्यत सवारी कर्जा र मोबाइल कर्जा दिने गरेका छन् । अभिकर्तालाई आफ्नो कामको लागि यात्रा गर्न सहज हुने र त्यसले कम्पनीलाई पनि फाइदा हुने भएकोले सवारी कर्जा दिने गरेका छन् । साथै पछिल्लो समय केही कम्पनीले घर जग्गा कर्जा पनि दिने गरेका छन् ।  यसरी कर्जा दिँदा अभिकर्तालाई कम्पनी प्रति अपनत्व महशुस हुने र उसले अन्य कम्पनीमा थप आकर्षक अफर पाए पनि तत्काल अर्को कम्पनीमा जानको लागि रोक्न पनि सीमित समयपछि कर्जा दिने गरेका छन् ।   यस्तो कर्जा १ वर्ष भन्दा बढी समयको हुन्छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved