राईड सेयर कम्पनी ‘पीक मी’का चालक र ग्राहकको बीमा आइएमई जनरल इन्स्योरेन्समा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2021 | 05:10:28 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्स IME General Insurance  र पीक मीबीच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पीक मीका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात पीक मीका चालक र पीक मी प्रयोग गर्ने सबै ग्राहकको १ लाख सम्मको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ । 

पीक मी मार्फत ग्राहकले राइड सेयरिङ, फुड डेलिभरी, लजिस्टिक सपोर्ट र मार्ट एउटै एपबाट गर्ने व्यवस्था रहेको छ । यो एप प्लेस्टो र एप्पल स्टोर दुबैमा उपलब्ध छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved