सुनसरी, मोरङ्ग, र रौतहटमा 'युवासँग महालक्ष्मी लाईफ' कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2021 | 05:05:14 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको "युवासँग महालक्ष्मी लाईफ" कार्यक्रम विभिन्न मितिमा सुनसरीको हरिनगरा, मोरङ्गको इटहरी र रौतहटको गौरमा सम्पन्न गरेको छ।


कम्पनीले मंसिर ५ गते इटहरि नमुना कलेजमा ५० जना बिद्यार्थीको उपस्थिति कार्यक्रम गरेको हो । कार्यक्रममा  बीमा सम्बन्धी चेतनामुलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक प्रशान्त राज धमलाले प्रदान गरेको र कार्यक्रम एरिया प्रमुख शिपुजन शाहले सञ्चालन गरेको कम्पनीले जनाएको छ।


त्यसै गरी सोही दिन हरिनगरा मा.वि.मा करिव १५० जना जना बिद्यार्थीको उपस्थिति रहेको अर्को कार्यक्रममा बीमा सम्बन्धी चेतनामुलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक प्रशान्त राज धमलाले प्रदान गरेको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा बीमाको आवश्यकता र औचित्यबारे हरिनगरा शाखा प्रमुख सञ्जय शाह तथा उप क्षेत्रिय प्रमुख हिरा निरौलाले प्रकाश पारेका थिए।  

  त्यसैगरी मंसिर ६ गते  गौरी शंकर बहुमुखी क्याम्पस, गौर, रौतहटमा ५० जना स्नातक तहका विद्यार्थी उपस्थित कार्यक्रम गरिएको कम्पनीले जनाएको छ। प्रमुख अथिति प्रशासकिय अधिकृत मोहन यादव रहेको उक्त कार्यक्रममा बीमाको महत्व बारे कम्पनीका गौर क्षेत्रका बजार प्रमुख राजेश कुमार शाहले प्रकाश पारेको र बीमा सम्बन्धी प्रशिक्षण क्षेत्रिय प्रमुख  दिगम्बर प्रसादले प्रदान गरेका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved