यूनाइटेड इन्स्योरेन्सले पायो 'बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द ईयर' अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2022 | 12:55:43 PM मा प्रकाशित

laxmi  sunrise bank

यूनाइटेड इन्स्योरेन्सले 'बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द ईयर' अवार्ड जितेको छ।  भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको एसिया स्तरको 'थर्ड इमर्जिंग एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२१' कार्यक्रममा यूनाइटेड इन्स्योरेन्सले 'बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द ईयर' अवार्ड जितेको हो।   

उक्त अवार्ड ग्रहण गर्नका लागी कम्पनीको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकत उपासना पौडेल उक्त कार्यक्रममा उपस्थित भएकी थिईन् । विश्व विख्यात प्राप्त चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था Pwc ले स्वतन्त्र रुपमा मूल्यांकन गर्दा विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादन गर्न तथा निर्जीवन बीमा क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लिमिटेडले उक्त अवार्ड प्राप्त गर्न सफल भएको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved