नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा किन्यो १८ करोडको घरजग्गा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2022 | 11:41:57 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा घर जग्गा खरिद गरेको छ । कम्पनीले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडमा घर जग्गा खरिद गरेको हो।

कम्पनीका अनुसार कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोडमा अवस्थित बालमुकुन्द तुलाचनको नाममा रहेको कित्ता नं. ९२ को २ ओटा घरसहित २९९ वर्ग मीटर क्षेत्रफल जग्गा रु. १७,२५,००,०००/- र रजिष्ट्रेशन शुल्क रु. ८६,२५,०००/- गरी जम्मा जम्मा रु. १८,११,२५,०००/- (अठार करोड एघार लाख पच्चिस हजार मात्र) मा कम्पनीको व्यवसायिक एवं कार्यालय प्रयोजनका लागि खरिद गरिएको हो।

कम्पनीको संचालक समितिको  २०७८/१२/०७ मा बसेको संचालक समितिको ३३४ औं बैठकको निर्णयले घर जग्गा खरिद गर्ने निर्णय गरेको थियो। बीमा समितिले कम्पनीलाई २०७८/०२/३० माघर जग्गा खरिदको लागिस्वीकृति प्रदान गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved