अध्यक्ष र सीईओ टुंग्याउदै प्रभु र अजोड इन्स्योरेन्सबीच मर्जर सम्झौता, स्वाप कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2022 | 09:56:06 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु र अजोड़ इन्स्योरेन्सबीच मर्जर तथा प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। दुई कम्पनीबीच आज एक कार्यक्रमबीच मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। 

मर्जर पश्चात बन्ने कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै रहनेछ। त्यस्तै अध्यक्षमा प्रभु इन्स्योरेन्सका अजाद श्रेष्ठ रहने र प्रमुख कार्यकारी अधिकृतमा प्रभु इन्स्योरेन्सका संचित बज्राचार्य रहने भएका छन्। 

दुवै संस्थाबीच प्रभुको १०० कित्ता सेयर बराबर अजोडको ७० कित्ता हुने अर्थात १००:७० को अनुपातमा मर्जर तथा प्राप्तिमा जाने सहमति भएको मर्जर समितिका प्रभु तर्फका संयोजक तथा नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले बिजपाटीलाई बताए। 

मर्जर पश्चात बन्ने संस्थाको चुक्तापुंजी झन्डै ३ अर्ब पुग्नेछ। हाल प्रभुको चुक्तापुंजी २ अर्ब २८ करोड रहेको छ भने अजोड़को १ अर्ब रुपैयाँ रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved