राष्ट्रपतिबाट बीमा विधेयक प्रमाणीकरण, अब बीमा समिति प्राधिकरण बन्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2022 | 07:21:50 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा विधेयक प्रमाणीकरण भएको छ । आज असोज २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।

विधेयक प्रमाणीकरण भएसँगै अब यसले ऐनको रुप लिने छ । यससँगै अब बीमा क्षेत्रको नियामक निकायको रुपमा रहेको बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुने छ । 

 सरकारले बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिलाई खारेज गरी बिमा व्यवसायको नियमनकारी निकायको रुपमा नेपाल बिमा प्राधिकरण स्थापनाको तयारी गरेको हो । बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न यो बिधेयक ल्याएको हो।

त्यस्तै उनले सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छिन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved