युनाइटेड इन्स्योरेन्सको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2023 | 06:05:16 PM मा प्रकाशित

laxmi  sunrise bank

यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। इन्स्योरेन्सको सभा आज अनमोल ब्याङ्गकेट, शंखमुल काठमाण्डौंमा सम्पन्न भएको हो। 

सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८÷७९ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ। साथै चालु आर्थिक वर्षको लागि बाह्य लेखापरीक्षक एम. जि. एस एण्ड एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको हो।

कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश ०.२६ प्रतिशत वितरण गर्ने तथा सोहि बमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अुनपात बमोजिम संचालक समितिको गठन गर्ने तथा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसहमति गरेको छ।

कम्पनीेको गत आ.व. २०७७÷७८ को तुलनामा यस आ.व. २०७८÷७९ मा बीमाशुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भई रु. १ अर्ब ५६ करोड ४५ लाख ८६ हजार गर्न सफल भएको छ। त्यसैगरी गत आ.व. २०७७÷७८ को तुलनामा आ.व. २०७८÷७९ मा कम्पनीको नाफामा ६८ प्रतिशतले वृद्धि भई रु. १५ करोड ८३ लाख ६८ हजार  भएको छ । साथै चालु आ.व.२०७९÷८० को आश्विन मसान्त सम्ममा कम्पनीको खुद नाफा गत आ.व.२०७८÷७९ को सोही अवधिको तुलनामा ९० प्रतिशतले वृद्धि भई रु.२ करोड २६ लाख ९२ हजार भएकोे छ भने चालु आ.व.२०७९÷८० को पौष ४ गते सम्ममा कम्पनीले रु. ५१ करोड ५९ लाख २९ हजार बीमाशुल्क आर्जन गर्न सफल भएको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved