मानुषि लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2024 | 10:06:28 AM मा प्रकाशित

laxmi  sunrise bank

मानुषि लघुवित्तले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले आफ्नो ५औँ वार्षिक साधारण सभा चैत ३० गतेका लागि आह्वान गरेको हो ।

संस्थाका अनुसार चैत ३० गते विहान १०ः३० बजे बनेपाका होटल उग्रचण्डीमा सभा हुनेछ । 

उक्त सभाका लागि चैत १९ गते एक दिन बुक क्लोज हुनेछ । 

पाँचौ वार्षिक साधारण सभाको छलफलका विषयहरूः
(क) साधारण प्रस्तावहरुः

१. आ.व. २०७९/०८० को पाँचौं वार्षिक साधारण सभाको लागि संचालक समितिको तर्फबाट अध्यक्ष ज्युले प्रस्तुत गर्नु हुने प्रतिवेदन माथि छलफल गरी पारित गर्ने सम्बन्धमा ।
२.लेखापरीक्षकको प्रतिवेदन सहितको मिति २०८० आषाढ मसान्तको वासलात, आ. व. २०७९ / ०८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने सम्बन्धमा ।

३. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ र कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आ.व. २०८०/०८१ को लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
४. विविध
(ख) विशेष प्रस्तावहरुः
१. प्रबन्धपत्र र नियमावली संशोधन सम्बन्धमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय नेपाल धितोपत्र बोर्ड तथा अन्य नियमकारी निकायहरु बाट स्वीकृत गराउनको लागि आवश्यकता अनुसार कुनै विषयमा संशोधन एवं परिवर्तन गर्न, निर्देशन भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन गर्ने लगायतका अन्य सम्पूर्ण कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी | प्रदान गर्ने सबन्धमा ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved