सीबीआइएल क्यापिटलको साधारण सभा असोज २८ गते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2022 | 10:35:58 AM मा प्रकाशित

laxmi  sunrise bank
सीबीआइएल क्यापिटलले असोज २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा लाभांश सम्बन्धि कुनै एजेन्डा राखिएको छैन । 
 सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । कम्पनीले असोज १४ गते बुक क्लोज मिति तोकेको छ । यसर्थ, असोज १३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved