गौरवका आयोजनाको प्रगतिमा सन्तुष्ट हुने ठाउँ छैन, अपर तामाकोशीबाहेक अरुको अवस्था निराशाजनक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2023 | 01:44:49 PM मा प्रकाशित

laxmi  sunrise bank

महालेखा परीक्षकको कार्यालयले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न नभएको विषयमा प्रश्न उठाएको छ । आफ्नो ६०औँ प्रतिवेदनमार्फत महालेखाले हालसम्म राष्ट्रिय गौरवका आयोजनाहरुको सूची २४ वटा पुगेको भएपनि यस्ता आयोजनाहरुको प्रगति सन्तोषजनक नेदेखिएको जनाएको हो । 

आवधिक योजनाले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेर स्रोत सुनिश्चितता गर्ने र कार्यान्वयनको अनुगमन गर्ने गरेको भएपनि यस्ता आयोजनाहरुको प्रगतिको अवस्था निराशाजनक रहेको महालेखाले जनाएको छ । 

माथिल्लो तामाकोशी जलविद्युत आयोजना, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न भएपनि माथिल्लो तामाकोशीबाहेक अन्य आयोजना पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको पनि महालेखाले औल्याएको छ । 

यसअघिः
राष्ट्रिय गौरवका आयोजनाको ‘रोग’ के हो ? उपचार कसरी गर्ने ?

हाल निर्माणधिन र कार्यान्वयनकै अवस्थामा रहेका ८ आयोजनाको भौतिक प्रगति ३० प्रतिशतभन्दा कम हुनुले पनि गौरवका आयोजनाहरुको प्रगतिमा सन्तुष्ट हुने ठाउँ नदेखिएको महालेखाले जनाएको छ । महालेखाले ३० प्रतिशतभन्दा कम भौतिक प्रगति भनेर औल्याएका आयोजनाहरुमा उत्तर दक्षिण लोकमार्ग (२६ प्रतिशत), बुढीगण्डकी जलविद्युत आयोजना (२२ प्रतिशत), महाकाली सिँचाई आयोजना (१५.७३ प्रतिशत), सुनकोशी मरिण डाइभर्सन (७.६ प्रतिशत), काठमाडौँ–तराई मधेश द्रुतमार्ग (२१.१८ प्रतिशत), राष्ट्रपति तराई मधेश संरक्षण विकास समिति (४.९९ प्रतिशत), विद्युत प्रशारण आयोजना (५.०१ प्रतिशत) रहेका छन् । 

आर्थिक वर्ष २०७१/०७२ मा राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत निजगढ अन्तराष्ट्रिय विमानस्थलको भने हालसम्म कति प्रतिशत भौतिक प्रगति भएको छ भन्ने पनि खुलेको छैन । त्यस्तै, २०६७/०६८ मै घोषणा भएको पश्चिम सेती जलविद्युत आयोजनाको पनि भौतिक प्रगति अहिलेसम्म शून्य प्रतिशत छ ।

यो पनिः
गौरवका आयोजनाः पहिचान र घोषणा नै अव्यवहारिक हुँदा उपलब्धी कमजोर

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved