माघ १७ गते सुजुकी कारको ‘सुपर स्याटरडे’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2021 | 02:30:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता सीजी मोटोकर्पले माघ १७  गते शनिबार ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएको छ । यो दिन सुजुकीका चार पांग्रेको खरिद गर्ने ग्राहकले विशेष अफर पाउने छन् । 

‘सुपर स्याटरडे’ मा ग्राहकले नगद छुट, एक वर्षको निःशुल्क बिमा, भ्हअजबलनभ द्ययलगक र निःशुल्क  स्वामित्व हस्तान्तरणको सुविधा मोडेल अनुसार पाउने कम्पनीले जनाएको छ । यो अफर माघ १७ गते एक दिनका लागि मात्र देशभरका सबै ३८ वटा डिलरसिपमा लागू हुनेछ ।

नेपालमा सुजुकी गाडीको सबैभन्दा ठूलो ‘प्रडक्ट रेन्ज’ रहेको छ । हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स्, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको विक्री गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved