केटिएम २५० एड्भेन्चर सार्वजनिक, देशैभर बुकिङ खुला, यस्तो छ मूल्य र विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2021 | 09:34:01 AM मा प्रकाशित

laxmi  sunrise bank

मोटरसाइकल ब्राण्ड KTM ले बहु–प्रतिक्षित ktm 250 adeventure लन्च गरेको छ । यसको मूल्य रु. ७ लाख ४९ हजार ९ सय निर्धारण गरिएको छ । देशभरिका ktm शोरुममा बुकिङ्ग खुला गरिएको छ कम्पनीले जनाएको छ । 

नेपालमा व्यापकरुपमा बढिरहेको एड्भेन्चर मोटरसाइकलको सेग्मेन्टलाई विस्तार गर्नको लागि ktm 250 adeventure लन्च गरिएको बताईएको छ । 

उत्कृष्ट ह्यान्डलिंग र ईञ्जिन पन्चका साथ लाइटवेट प्याकेजमा आउने यो एड्भेन्चर ktm परिवारको  नयाँ एडिशन हो । 

क्लास लिडिङ पर्फमेन्स

ktm 250 एडभेन्चरमा शक्तिशाली, २४८ सीसीको अत्याधुनिक डीओएचसी फोर–भल्भ सिंगल सिलिन्डर लिक्विड कूल्ड ईन्जिन छ, जसले पावरब्यान्ड मार्फत सहज र आत्मविश्वास–प्रेरणादायक डिलिभिरी प्रदान गर्दछ, जुन बढी पुस गर्दा पनि स्पष्ट र रमाइलो छ । इलेक्ट्रोनिक प्mयूल ईन्जेक्शनले ३० एचपी (२२ किलोवाट) पावर र २४ एनएम टर्कÞमा प्रदर्शन संख्या बढाउन मद्दत गर्दछ । प्राविधिक तवरले अत्याधुनिक पावर असिस्ट स्लिपर क्लचले ६–स्पीड गियरबक्सको माध्यमबाट मुभमेन्टको लागि मद्दत गर्दछ र सहज र जर्क फ्री क्लच–लेस डाउन सिफ्टिङ्ग गर्न मद्दत गर्छ । संक्षेपमा भन्नु पर्दा, यस मोडेलले उच्च–गुणस्तरीय बनौट, ईन्जिनियरिंग र डाकार ¥याली हेरिटेज अपनाउँछ, जसले ktm एड्भेन्चरको समस्त लाइन–अपको प्रतिनिधित्व गर्दछ ।

एड्भेन्चरको लागि बनाइएको

उच्च–स्तरीय कम्पोनेन्ट्री भएको KTM 250 Adventure, WP APEX सेटको स्पेन्शन प्रयोग गरिएको हुन्छ । पछाडिको शक एब्जोबरमा मिलाउन मिल्ने प्रिलोडका साथ १७७ एमएम ट्राभल रेन्ज हुन्छ भने WP Apex अपसाइड–डाउन ४३ एमएम अगाडिको फोर्कमा १७७ एमएम ट्राभल रेन्ज हुन्छ । 

ब्रिम्बोद्वारा निर्मित अत्याधुनिक BYBRE ब्रेक्समा ४–पिस्टन ¥याडियल्ली माउन्टेड क्यालिपरका साथ २३० एमएम रियर ब्रेक डिस्क र लार्ज ३२० एमएम फ्रन्ट ब्रेक डिस्क हुन्छ । 

१४.५ लिटर ट्याङ्क र इन्धन फाह्रो गर्ने द्यक्ट ईमिशन ईञ्जिनले चालकलाई विभिन्न भू–भागमा लामो दूरीको एड्भेन्चरहरु गर्न तम्तयार गर्दछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved