नेपालमै बन्यो एड्भेञ्चर मोटरसाइकल, शुक्रबार सार्वजनिक हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2021 | 09:03:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमै बनेको इलेक्ट्रीक मोटरसाइकल आगामी शुक्रबार सार्वजनिक हुने भएको छ । यात्री मोटरसाइकल कम्पनीले आफ्नो दोस्रो प्रोजेक्टका रुपमा ‘पी–वान’ मोटरसाइकल सार्वजनिक गर्ने भएको हो । कम्पनीले फेसबुक पेजमार्फत आफ्नो नयाँ उत्पादन बजार अउान लागेको जानकारी गराएको हो । 

शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ‘पी–०’को उत्पादन मोडल र नयाँ मोटरसाइकलको प्रोटोटाइप देखाउने भएको छ । ड्युअल स्पोर्ट डिजाइनमा देखिएको ‘पी–वान’ एड्भेञ्चर मोटरसाइकल हो । 

नेपाली युवा इन्जिनियर असिम पाण्डेको नेतृत्वमा नेपालमा नै डिजाइन भएको ‘पी–०’ले ६४ हर्स पावर प्रदान गर्ने र एक पटकको फुलचार्जमा २३० किलोमिटरको रेञ्ज दिने दाबी गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved