राष्ट्र बैंकको निर्देशनले गाडीको मूल्य बढ्ने, व्यवसायीलाई ब्याजको भार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2021 | 04:57:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले गाडी आयातमा कडाई हुँदा मूल्य बढ्ने बताएको छ । नाडाले सवारीसाधन आयातमा गरिएको कडाइबारे पुनर्विचार गर्न पनि राष्ट्र बैंकसँग माग गरेको छ ।

राष्ट्र बैंकले सोमबार सवारी साधनको आयातका लागि एलसी खोल्दा अनिवार्य ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेपछि नाडाले यो व्यवस्था पुनर्विचार गर्न आग्रह गरेको हो । राष्ट्र बैंकले गरेका उक्त व्यवस्थाले व्यवसायीहरु मात्र नभई यसले उपभोक्ताहरुलाई ठूलो मार पर्ने नाडाका अध्यक्ष ध्रुब थापाले बताए । उनका अनुसार यो व्यवस्थाले सवारी साधनको मूल्य पनि बढ्ने अवस्थाको सिर्जना हुन सक्नेछ ।

‘बैंकले ऋण लगानी नगर्ने भएपछि अन्तैबाट पैसा खोजेर ल्याएर जम्मा गर्नुपर्ने हुन्छ, एलसी खोलेको ३ महिनापछि मात्रै बल्ल सवारी साधन नेपाल आइपुग्छ, ३ महिनासम्म हाम्रो पैसा होल्ड हुने भयो, त्यसको ब्याजको भार व्यवसायीलाई पर्छ, यो हुनु भनेको स्वतः मूल्य बढ्नु हो’ थापाले भने ।

राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार अब एलसी खोल्दा नै सवारीको कुल मूल्यको ५० प्रतिशत रकम बैंकमा जम्मा गर्नुपर्नेछ । यसरी जम्मा हुने रकममा ब्याज पाईने छैन । 

तर, सवारीसाधन आयात भइसके पछिको भुक्तानीमा भने उक्त रकम प्रयोग गर्न पाईने छ । 

इलेक्ट्रिक गाडी र शारीरिक रुपमा अशक्त व्यक्तिले चलाउने मोटरसाइकल तथा स्कुटरको आयातमा भने यो व्यवस्था लागु हुने छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved