‘नाडा अटो शो’ रद्द !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2022 | 01:00:53 PM मा प्रकाशित

laxmi  sunrise bank

अटोमोबाइल्स व्यवसायीहरुले चाडपर्वको मुखैमा हरेक वर्ष आयोजना गर्दै आएको ‘नाडा अटो शो’ गतवर्ष कोभिडका कारण हुन पाएन । यसवर्ष भदौ ७ देखि १२ गतेसम्म आयोजना गर्ने अन्तिम तयारी भईरहेका बेला पुनः अनिश्चित बनेको छ ।

किनकी, सवारी साधनको आयातमा सरकार झन कठोर बन्दा दशैँ तिहारको मुखैमा आर्थिक चलायमान हुने गरी आयोजना गर्न लागिएको अटो शो यसपाली पनि रद्द हुने सम्भावना बढेको हो । बैशाखदेखि असार मसान्तसम्म सवारी साधनको आयातमा प्रतिबन्ध लगाईएको थियो । साउन १ गतेबाट पनि उक्त प्रतिबन्धले भदौ १४ सम्म निरन्तरता पाएपछि अटो शो अनिश्चित बनेको हो ।

सरकारले साउन १ गते आइतबार नै राजपत्रमा सूचना प्रकाशित गरेर जीप, कार र भ्यान आयातमा यसअघिकै प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि २५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातमा लगाइएको प्रतिबन्धमा थप कडाइ गर्दै वाणिज्य मन्त्रालयले १५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाएको छ । 

जसले अटो शो नहुने सम्भावना बढाएको हो । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाका अनुसार सवारी आयातकर्ताले हालकै अवस्थामा अटो शो आयोजना नगर्दा उपर्युक्त हुने सल्लाह दिएका छन् ।

‘आयातकर्ता साथीहरुसँग सल्लाह भईरहेको छ, धेरै साथीहरुले अहिले नगर्न सुझाव दिनु भएको छ’ अध्यक्ष थापाले भने, ‘आजसम्मको अवस्था हेर्दा नहुने सम्भावना बढी छ, भोली नाडाको पदाधिकारी बैठक बस्दैछ । बैठकले केही निर्णय गर्न सक्छ ।’ 

सिजनमै प्रहार

अध्यक्ष थापाका अनुसार ४ पाङ्ग्रे र २ पाङ्ग्रे सवारी बिक्रि हुने सबैभन्दा मुख्य सिजन नै भदौ, असोज र कार्तिक महिना हो । चाडपर्वको समयमा सवारी खरिद गर्नेहरु बढी हुन्छन् । यी ३ महिनामा वर्ष भरीमा हुने बिक्रिको ४५ देखि ५० प्रतिशत सवारी साधन बिक्रि हुन्छन् ।

यसका लागि भदौमा आयोजना हुने अटो शो एउटा प्रमुख माध्यम बन्दै आएको थियो । खरिदकर्ताले पनि विभिन्न छुट पाउँथे । तर, सिजनमै  शोरुम खाली हुने वातावरण बन्ने गरी सरकारले पटक पटक अटोमोबाइल्स व्यवसायमाथि प्रहार गरिरहेको थापाको गुनासो छ । 

नाडा अटो शोमा ५ सय करोड बढीको कारोबार हुने प्रक्षेपण गरिएको थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved