गाडी ब्यापारीले अर्थमन्त्रीलाई भने, ‘गाडी किन्दा पाउने ऋणको सीमा बढाइदिनुपर्यो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2023 | 05:22:18 PM मा प्रकाशित

laxmi  sunrise bank

गाडी ब्यापारीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेर गाडी किन्नका लागि लिइने कर्जाको सीमा बढाइदिन माग गरेका छन् । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको टोलीले उपप्रधान तथा अर्थमन्त्री पौडेलसँग गाडी किन्नेले पाउने ऋणको सीमा बढाइदिन माग गरेको हो । 

पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनका लागि बैंकले मूल्यको अधिकतम ५० प्रतिशत मात्रै फाइनान्सिङ गर्न पाउने व्यवस्था रहेकोमा यसको सीमा बढाउन गाडी ब्यापारीले माग गरेका हुन् । 

नाडाका अध्यक्ष थापाले अटो लोन र हायर पर्चेज कर्जाको जोखिम भारलाई मौद्रिक नीतिले १५० प्रतिशत कायम गरेको भन्दै पुरानै अवस्थामा अर्थात ७५ प्रतिशत मात्रै कायम गरिनु पर्ने माग पनि गरेका छन् । 

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालमै सवारी साधनको एसेम्बलिङ्ग उद्योग खोल्ने प्रोत्साहनका लागि कृषि र पर्यटन क्षेत्रलाई जस्तै सुविधा दिनुपर्ने माग गरेका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved