म्याक्ससको ३ वटा गाडी सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2023 | 01:35:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा म्याक्सस गाडीहरुको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा लि ले म्याक्सस टी ६०, टी ७० पिकअप ट्रक र भी ८० कार्गो भ्यान सार्वजनिक गरेको छ ।  नक्सालमा गाडीको शोरूम उद्घाटन गरिएको छ ।

कम्पनीका अनुसार यी प्रिमियम गाडीहरूमा भेरिएबल जिओमेट्री टर्बोचार्जर प्रविधि सहितको ३६० एन एम र ३७५ एन एम पीक टर्क, अधिकतम पावर ११० किलो वाट र १२० किलो वाट क्षमता प्रदान गर्ने २.८ लिटर र २.० लिटर टर्बो डिजेल इन्जिन रहेको छ । यी गाडीहरूले अहिलेको ड्राइभिङ अनुभवका मागहरू पूरा गर्न सक्नेछन् । म्याक्सस टी ६०, टी ७० र भी ८० को मूल्य नेपाली बजारमा क्रमशः ७७ लाख ९९ हजार, ६८ लाख ४९ हजार र ५० लाख ४९ हजार रूपैयाँ रहेको छ ।

कम्पनीका अनुसार म्याक्सस टी ६० र टी ७० पिकअप ट्रकहरूमा अटोमेटिक एसी, कीलेस इन्ट्री र स्टार्ट, पुस- स्टार्ट बटन, हाइट एडजस्टेबल स्टेयरिङ ह्वील, क्रुज कन्ट्रोल, रेन सेन्सिङ वाइपर, ब्लुटुथ कनेक्टिभिटी र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता उत्कृष्ट फिचरहरू रहेका छन् । मिडसाइज पिकअपको रूपमा वर्गीकृत यी म्याक्सस पिकअप ट्रकहरू यस वर्गका गाडीमा सबैभन्दा लामो र चौडा गाडी हुन् । म्याक्सस टी ६० र टी ७० मा लकिङ डिफरेन्सियलहरू पनि छन् जसले यी गाडीहरूको अफरोड क्षमतालाई बलियो बनाउँछ । ३१५५ मिलिमिटर ह्वीलबेस र २१५ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स भएको यो पिकअप नेपालको भौगोलिक क्षेत्रका लगि उपयुक्त देखिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सुरक्षाको हिसाबले टी ६० गाडी निकै सुरक्षित रहेको छ, यसले फाइभ स्टार एएनसीएपी रेटिङ पाएको छ । यस पिकअपमा चारवटा एयरब्याग, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन ( ईबीडी) सहितको एबीएस, ईएसपी, आइसोफिक्स चाइल्ड सिट टिथर्स, हिल स्टार्ट असिस्ट सिस्टम, ट्र्याक्सन कन्ट्रोल सिस्टम, इलेक्ट्रोनिक ब्रेक असिस्ट, रियर पार्किङ सेन्सर र रिभर्स क्यामेरा रहेको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार म्याक्सस भी ८० कार्गो भ्यान यूरो ४ इमिसन स्ट्यान्डर्ड इको - डी २.५ लिटर टर्बो डिजेल कमन-रेल डाइरेक्ट इन्जेक्सनबाट सञ्चालित हुन्छ । बाशको इन्टरकुल्ड, इलेक्ट्रोनिक रूपमा रेगुलेट हुने इन्जिनले ३८०० आरपीएममा १०० किलोवाट शक्ति र ३३० टर्क उत्पन्न गर्दछ, जुन यातायात र फेमिली ट्रिपका लागि एकदमै उपयुक्त छ । भी ८० प्यानल भ्यान यूरो ४ इमिसन स्ट्यान्डर्ड इको - डी २.५ लिटर टर्बो डिजेल कमन-रेल डाइरेक्ट इन्जेक्सनबाट सञ्चालित हुन्छ । प्यानल भ्यान निकै भरपर्दो गाडी हो, विभिन्न कार्यका लागि सजिलै प्रयोग गर्न सकिने यो गाडी व्यावसायिक प्रयोगका लागि एकदमै उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved