
सामाजिक सञ्जालमा भाँचिएको यात्री मोटरसाइकलको फोटो अहिले भाइरल छ । गुड्दागुड्दै मोटरसाइकलको च्यासिस भाँचिएको भन्दै यो फोटोमा अहिले कमेन्टको ओइरो लागेको छ । केही दिन अगाडी मात्रै नागरिक दवावबाट बल्ल नम्बर प्लेट पाएको यात्रीको भाँचिएको तस्बिर भाइरल भएपछि कमेन्ट नआउने कुरै भएन ।
तर, यात्री बाइक कम्पनीले भने उक्त फोटो अहिलेको नभई परीक्षण समयको भएको स्पष्टिकरण दिएको छ। कम्पनीले आफ्नो एक फेसबुक पेजमार्फत फोटो अहिलेको नभई पूरानो परीक्षण बेलाको भएको स्पष्टिकरण दिएको छ ।
‘परिवेश नै नबुझी सामाजिक सञ्जालमा भाँचिएको फोटो भाइरल हुँदैछ, हामी उत्पादन अघि हरेक नयाँ भाग र प्रणालीहरूको परीक्षण गर्छौ’ कम्पनीले भनेको छ, ‘आन्तरिकतर्फ च्यासिस पुनरावृत्ति परीक्षण गरिरहँदाको तस्बिर अहिले भाइरल भएको हो ।’
कम्पनीले आफ्ना उत्पादनमा कुनै समस्या नभएको दाबी पनि गरेको छ ।