महालक्ष्मी विकास बैँकको रुपन्देही शाखा स्थानान्तरण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 21, 2018 | 08:10:47 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैँकले तिलोत्तमा नगरपालीका–६ मणिगा्रममा आफ्नो सेवा सञ्चालनमा ल्याएकोे छ। बैंकले उक्त शाखा रुपन्देही बुटवल उपमहानगरपालिका–४ ट्राफिक चोकबाट स्थानान्तरण गरि मणिगा्रममा सञ्चालनमा ल्याएको हो।   

स्थानान्तरण गरिएको यस शाखा मार्फत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ। बैँकको यस शाखाले स्थानीयस्तरमा उत्कृष्ठ सेवा प्रदान गर्ने प्रतिबद्धता बैँकले जनाएको छ ।   

विकास बैँकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी भएको महालक्ष्मी विकास बैँकले पुष मसान्तसम्म २५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।





Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved